२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

Radio Khabar Palika

धनकुटामा हर्क साम्पाङ आउने



धनकुटा, २२ मंसिर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आगामी २५ गते धनकुटामा बृहत् जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

पार्टीका जिल्ला तदर्थ समितिका अध्यक्ष आकाश राईको अध्यक्षतामा सोमबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमका बारेमा जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा पार्टीका संस्थापक अध्यक्ष हर्क साम्पाङ स्वयं उपस्थित रही जनप्रदर्शनलाई सम्बोधन गर्ने योजना रहेको जानकारी गराइएको थियो। जनप्रदर्शन धनकुटा बसपार्कबाट सुरु भई तल्लो टुडिखेलमा आमसभामा परिणत हुनेछ। आमसभा अन्त्यसँगै पार्टी प्रवेश कार्यक्रम पनि सञ्चालन गरिने पार्टीका केन्द्रीय सदस्य सानबहादुर राईले बताए।