८ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025

Radio Khabar Palika

जिल्लास्तरीय एन्फा यु १४ अन्तर विद्यालय फुटबल प्रतियोगिता सम्पन्न (फोटो फिचर)



७ मंसिर, धनकुटा ।
धनकुटामा जारी जिल्लास्तरीय एन्फा यु १४ अन्तर विद्यालय (छात्र छात्रा ) फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आईतवार भएको फाईलन खेलमा छात्रतर्फ बुधुक मावि, मौनाबुधुक विजयी भएको छ ।

मौनाबुधुकले सिंहदेवी मावि, कुशेटारलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । खेलभर उत्कृष्ट प्रदर्शन गरेको मौनाबुधुकले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा १ गोल गरेको थियो भने सिंहदेवी माविले सान्तना १ गोल गरेको थियो । त्यसैगरी, छात्रातर्फ भएको फाइनलमा मंगलादेवी मावि, बोधे विजयी बनेको छ ।

मंगलादेवीले मदरल्याण्ड माविलाई कडा प्रतिस्पर्धात्मक खेलमा २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताका विजेता दुवै टिम — छात्रतर्फ बुधुक मावि मैनाबुधुक र छात्रातर्फ मंगलादेवी मावि बोधेले प्रदेशस्तरीय प्रतियोगितामा धनकुटा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने धनकुटा फुटवलसंघ धनकुटाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो ।

स्वर्गीय अनुपम घलान, आदित्य बलम्खकी , दिवस बानिया , प्रियन्स आचार्य, विकल रेग्मी र साईमन योञ्जनको स्मृतीमा उक्त प्रतियोतिता आयोजना गरिएको हो । उनीहरुको एन्फा एकेडेमी सिस्नेरी हेटौडामा हुदा गत बर्ष पहिरोमा परि निधन भएको थियो ।