३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

Radio Khabar Palika

वर्तमान सरकारले चुनाव गराउनेभन्दा पनि संविधान नै खारेज गर्ने दिशामा कदम चालो ः मुख्यमन्त्री कार्की



धनकुटा, २९ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्किले वर्तमान सरकारले चुनाव गराउनेभन्दा पनि संविधान नै खारेज गर्ने दिशामा कदम चालिरहेको आरोप लगाएका छन्। एमाले धनकुटाले शनिवार आयोजना गरेको जनप्रदर्शन तथा आम सभा कार्यक्रमलाई सम्बोधन गर्दै कार्किले सरकारले राष्ट्रलाई असफल बनाउने योजनाअनुरूप गतिविधि गरिरहेको दाबी गरे।


उनले सरकारले चुनावको कुरा गरेपनि वास्तविक उद्देश्य राजनीतिक अस्थिरता निम्त्याउने र संवैधानिक संरचनालाई नै कमजोर पार्ने देखिएको । धारणा व्यक्त गरे । “चुनाव गराउनेभन्दा बढी देशलाई कसरी असफल बनाउने भन्नेमा सरकार लागेको छ,” कार्किले भने।


गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिबारे बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली सो समितिमा बयान दिन नजाने प्रष्ट पारे। उनले सरकारले यदि निष्पक्ष आयोग गठन गर्ने हो भने कानून र प्रक्रियालाई सहयोग गर्न एमाले तयार रहेको दोहोऱ्याए। कानुनी राज्य र लोकतान्त्रिक मूल्यको संरक्षण एमालेको प्राथमिकता रहेको उनको भनाइ थियो।
फरक प्रसंगमा, कार्किले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै नेपालले नेपाल कम्युनिस्ट आन्दोलनलाई सबैभन्दा ठूलो क्षति पुर्याएको आरोप लगाए। नेपालले पछिल्ला वर्षमा गरेका निर्णय र गतिविधिले पार्टी र समग्र वाम आन्दोलनलाई कमजोर बनाएको उल्लेख गर्दै उनले “यस्ता गतिविधिले क्षमा पाउन सक्दैन” भने।
जनप्रदर्शनमा सहभागी एमाले कार्यकर्ताहरूले सरकारप्रतिको असन्तुष्टि, संविधान तथा लोकतान्त्रिक मूल्यमा देखिएको चुनौती र आर्थिक–राजनीतिक अस्थिरताबारे आवाज उठाएका थिए। कार्यक्रममा प्रदेश तथा स्थानीय नेताहरूले पनि सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै त्वरित सुधारका मागहरु गरेका छन्।