२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

Radio Khabar Palika

धनकुटामा निर्वाचन तयारी सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न



३० अशोज, धनकुटा । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप धनकुटामा स्थानीय प्रशासन र राजनीतिक दलबीच सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा भएको बैठकमा मतदान केन्द्र स्थानान्तरण, थप र व्यवस्थापनबारे छलफल भएको थियो। जिल्लाका सातै पालिकामा वडा समितिले सिफारिस गरी आगामी १६ अशोजभित्र प्रस्ताव पेश गर्नुपर्ने निर्णय भएको छ। बैठकमा दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो। निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो।