
२६ असोज , धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ३ स्थित सिंहदेबी चोक (मुगाखोला बोक्रे सडक खण्डको पहिलो चरणको कालोपत्रे सडकको एक समारोहका बिच आईतवार उद्घाटन गरिएको छ ।
उक्त सडक खण्डको सिंहदेबी चोक देखि पाख्रिबास कृषि अनुसन्धान केन्द्रको गेट सम्म ६३० मिटर निर्माण कार्य सम्पन्न भए संगै पूर्व मन्त्री तथा निवर्तमान सांसद राजेन्द्र कुमार राईले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै फरक प्रसंगमा पूर्वमन्त्री राईले भने (जनताबाट बनेको संविधानलाई कुल्चिने प्रयास भइरहेको छ तर संविधान कसैले कुल्चन र खारेज गर्न सक्दैन । अहिले जुन प्रकारले संविधानमाथि प्रहार गरिने कोशिष भइरहेको छ त्यसको सबैले विरोध गर्नु पर्ने राईले बताए ।

पाख्रिबास नगरपालिका ३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता सरोज राईले यो बिषम परिस्थितिलाई परास्त गर्दै नगरको समृद्द बिकासको लागि सबै एकताबद्द हुनु पर्नेमा जोड दिए । देशको वर्तमान परिस्थितिमा कोही पनि विचलित नभइ नगरको बिकासको लागि सहयोग गर्न पनि नगरवासीलाई वडाअध्यक्ष राईले अनुरोध गरे । नेपाल सरकार र पाख्रिबास नगरपालिकाको संयुक्त लगानीमा १ करोड पचास लाखको लाकार्यक्रममा गतमा आनन्द साइमण्ड जेभी कन्स्ट्रक्शन धनकुटाले उक्त सडक कालोपात्रेको जिम्मा पाएको थियो । गत आर्थिक बर्ष २०८१ पुष २२ गतेको सम्झौता अनुसार २०८२ असार १५ मा उक्त काम सम्पन्न हुनुपर्नेमा विविध कारणले २०८२ असोज ५ सम्म म्याद थप भइ उक्त सडक कालोपत्रेको काम सम्पन्न गरिएको हो ।नगरका उपप्रमुख नम्रता गौतमको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री राई,नपाका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराला,वडा अध्यक्षहरु,समाजसेवी लगायत स्थानियवासीको उपस्थिति रहेको थियो ।