१४ आश्विन २०८२, मंगलबार | Wed Oct 1 2025

Radio Khabar Palika

“टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२” को उपाधी आयोजक जिरोप्वाइन्टलाई



१२ असोज धनकुटा । धनकुटाको जिरोप्वाइन्ट टोल विकास संस्थाको आयोजनामा सम्पन्न “टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२” को उपाधी आयोजक जिरोप्वाइन्ट टोल विकास संस्थाले हात पारेको छ । निजामति स्कुलको खेलमैदानमा आईतबार सम्पन्न फाइनल खेलमा कडा प्रतिस्पर्धा गर्दै जिरोप्वाइन्ट टोल विकास सस्थाले संगम टोल विकास सस्थालाई ट्राइवेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमको गोल बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । विजेता टोलीले नगद रु २०,०००, ट्रफी प्रमाण पत्र र मेडल प्राप्त ग¥यो भने उपविजेताले नगद रु १०,००० सहित ट्रफी प्रमाण पत्र र मेडल प्राप्त ग¥यो ।

प्रतियोगितामा संगम टोल विकास सस्थाका अविनास राई म्यान अफ द म्याच घोषित भए । त्यस्तै बेस्ट गोलकिपरमा जिरोप्वाईन्टका संजय राई, बेस्ट डिफेन्डर जिरोप्वाईन्टकै मौसम मगर,बेष्ट मिल्डफिल्डर जिरोप्वाईन्टकै अजय राई, बेष्ट प्लेयर अफ द टुनामेन्ट जिरोप्वाईन्टकै दिपेन शाक्य र हाई स्कोरर संगम टोलका संजय रम्तेल घोषित भए । उनीहरुलाई कायृक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका वडा नं ७ का अध्यक्ष रोशेष श्रेष्ठ, टोलविकास सस्थाका अध्यक्ष दिलकुमार राई, फुटबल संघ धनकुटाका अध्यक्ष सन्देश राई लगायतले ट्रफी प्रमाण पत्र र मेडल प्रदान गरेका थिए । जिरोप्वाइन्ट टोल विकास संस्थाले खेलकुदमार्फत समुदायमा आपसी एकता र भाईचारा सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । यो वर्षको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोले आगामी वर्ष अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने टोलविकास सस्थाका सचिव उर्गेन शाक्यले जानकारी दिनुभयो ।