१४ आश्विन २०८२, मंगलबार | Wed Oct 1 2025

Radio Khabar Palika

धनकुटाको बसपार्कमा यात्रु सहायता कक्ष संचालन



९ असोज, धनकुटा । चाडपर्व आएसँगै यात्रुको अत्याधिक चाँप हुनेहुदा यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउँन सहयोग गर्ने उद्येश्यले धनकुटाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरीएको छ । बिहिबार एक कार्यक्रममका बीच उक्त सहायता कक्ष स्थापना गरीएको हो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा गरिएको सहायता कक्षले यात्रुलाई सहजहुने विस्वास लिएको प्रहरी उपरीक्षक सरत कुमार थापा क्षेत्रीले बताए । सहाता कक्षको उद्धघाटन समारोहमा बोल्दै प्रहरी उपरीक्षक थापाले यात्राका क्रममा हुँने समस्याहरुलाई सामाधान गर्नका लागि सहायता कक्ष स्थापनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यात्रु सहायता कक्षमा प्रहरी र ट्राफिक प्रहरी रहने जनाईएको छ । चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, जोखिमपूर्ण यात्र गराउँने जस्ता समस्या हुँनाले त्यस्ता समस्या समाधानका निमित्त सहायता कक्षले यात्रुहरुलाई सहयोग गर्ने उनकाे भनाई छ ।