
३ असोज ,काठमाण्डौ । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन ।
शुक्रबार यातायात ब्यबस्था बिभाग मिनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहनुभएका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउदै देश निर्माण गर्ने अभियानमा एकजुट हुनुपर्ने बताएका हुन ।उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफै बनाउछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध पनि गरे । आन्दोलनका क्रममा करिव दुई खर्ब भन्दा बढिको क्षति भएको प्रारम्भीक अनुमान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले नेपालीहरुको मदान र आर्थिक सहयोगमा पुनर्निमाण गर्न कोष खडा गरिएको जानकारी दिए । पुननिर्माणमा विदेशमा रहेका नेपालीहरुको धेरै सहयोग आवश्यक रहेको उनको भनाइ छ । मन्त्री घिसिङले विदेशमा रहेका नेपालीहरुको मताधिकार, नागरिकता तथा भिसाको समस्यालाई वर्तमान सरकारले समाधान गर्ने प्रतिवद्धता समेत जनाए । त्यस्तै उनले छिटै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीले आन्तरिक छलफल गरिरहको जानकारी दिए ।