८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

Radio Khabar Palika

धनकुटामा पनि मनईयो मोतीराम भट्टको १६० औं जयन्ती



७ भदौ २०८२, धनकुटा । मोतीराम भट्टको १६० औं जयन्तीको अवसरमा धनकुटामा बिशेश कार्यक्रमको आयोजना गरिएको छ ।
गर्गाचार्य सामुदायिक बिश्वभाषा पुस्तकालय धनकुटाको आयोजनामा भएको १६० औं मोति जयन्ती मनाइएको हो ।
पुस्तकालयका अध्यक्ष घनश्यान बरालको सभापतित्वमा भएको सो कार्यक्रममा कविहरु भिम राई, गोपाल बराइली, रमेशचन्द्र अधिकारी, केजी सुब्बा, सन्जय सयल, मुकुन्द प्रयास लगायतले मोतिराम भट्टको चर्चा गर्दै आफ्नो सिर्जनाहरु वाचन गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, अग्रज पत्रकार तिलक प्रसाद राई, पुस्तकालयका उपाध्यक्ष रबिन्द्र नेपाली लगायतले भट्टको साहित्यिक यात्राले नेपाली साहित्य गरेको योगदानको चर्चा गरिएको थियो ।
सो कार्यक्रमको सन्चालन कवि तथा पुस्तकालयका महासचिव मुकुन्द प्रयासले गरेका थिए ।