
२५ साउन २०८२,धनकुटा । आफनो ७८ औ स्थापना दिवसको अवसरमा नेपाल महिला संघ वडा कार्य समिति ६ नम्वर वडाले सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
धनकुटा नगरपालिका वडा नं. ६ को शिव पार्क,सहिद भीम नारायण चौक धनकुटा ६ को सालिक परिषरमा र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र धनकुटा परिषर क्षेत्रमा सरसफाई र वृक्षारोपण कार्यक्रम गरेको हो ।
संघले विभिन्न प्रकृतिका फुलका विरुवारु र अन्य विरुवाहरु गरी ७६ वटा विरुवाहरु रोपेकोे हो । यसैगरी सोही अवसरमा धनकुटा नगरपालिका वडा नं. ६ को शिव पार्क,सहिद भीम नारायण चौक धनकुटा ६ को सालिक परिषरमा सरसफाई गरेको थियो ।