१७ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025

Radio Khabar Palika

शहिद मनोज झपेन्द्र स्मृती दिवशमा बिरामिलाई फलफूल वितरण



१५ साउन २०८२,धनकुटा । शहिद मनोज जोशीको हत्या भएको ३४ बर्ष पुरा भएको छ । शहिद मनोज झपेन्द्र स्मृती दिवशको अबसरमा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुले धनकुटा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा धनकुटा अस्पतालमा उपचाररत ३० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको निजामति कर्मचारी संगठन धनकुटाका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए ।

२०४८ साल साउन १५ गते खोटाङमा निजामती कर्मचारी संगठनमा अबद्ध कर्मचारीले अगुवाइ गरेको जुलुसमा सहभागी मनोज जोशीको प्रहरीको गोली लागि मृत्यू भएको थियो । यस्तै आन्दोलनकै क्रममा आगजनीमा परि ज्यान गुमाएका कास्कीका बारुणयन्त्र चालक झपेन्द्र कार्कीको स्मृतीमा हरेक बर्ष विभिन्न कार्यक्रम गरि स्मृती दिवश मनाउँने गरिएको छ ।