५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

Radio Khabar Palika

ब्रेन ट्यूमरबाट पीडित भुजेलद्वारा उपचारका लागि आर्थिक सहयोगको अपिल



४ साउन २०८२,धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ४ का २४ बर्षिया लाल कुमार भुजेलले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

सानैमा आमा गुमाएका भुजेलको स्थायी घर धनकुटाको छथर जोरपाटी ३ भएपनि सानैदेखि पाख्रिबास नपा ४ स्थित मावला घरमै बस्दै आएका उनी पाख्रिबासमै फर्निचर पसलमा काम गर्दै आएका थिए । अचानक बिरामी भएपछि जचाउंदा ब्रेन ट्यूमर भएको र शल्यक्रिया गर्नु पर्ने डाक्टरको सुझाव अनुसार भुजेलको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा टाउकोको शल्यक्रिया पश्चात उपचाररत छन् । ब्रेन ट्यूमरबाट पीडित भुजेलले उपचारका लागि आफूले सकेको सहयोग गरिदिन भन्दै सबैलाई अपिल गरेका छन। उपचारमा धेरै खर्च भइसकेको र अझै धेरै खर्च लाग्ने साथै थप उपचारका लागि आफूसँग खर्च नरहेको उनले बताए ।

घरमा बुबा मात्रै रहेको र आर्थिक अवस्था कमजोर रहेकोले आफुलाई बचाउनको लागि छर,छिमेकी ,साथीभाई,आफन्त,इष्टमित्र तथा देश बिदेशमा रहनु हुने मनकारी हातहरुलाई आफ्नो उपचारमा सहयोग गरिदिनु अनुरोध गरेका छन् । उनले दिदी सुसिला भुजेल(SUSHILA BHUJEL) को नेपाल बैंक लिमिटेड पाख्रीबास शाखामा रहेको खाता नं 01601107938541000001 मा सहयोग पठाउन आग्रह गरेका छन् । थप जानकारीका लागि बिरामीका मामा कमल भुजेलको सम्पर्क नम्बर 9817304209 मा सम्पर्क गर्न सकिनेछ ।