
२३ चैत्र ,धनकुटा। दलित महिलाहरुलाई उद्यमसीलतासँग जोड्नुपर्ने धनकुटाका दलित महिला अगुवाहरुले बताएका छन् । धनकुटा नगरपालिकाको सहयोग र दलित महिला संघ (फेडो) धनकुटाको अयोजनामा सोमबारदेखी चार दिनसम्म सञ्चालन हुने दलित महिला सशक्तीकरण कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।
दलित महिलाहरु घरबाट बाहिर ननिस्किने हुँदा पछि परेकाले अब त्यो हुन नदिन उनिहरुलाई उद्यमसीतलासँग जोडेर अगाडी बढाउनुपर्ने उनीहरुले बताएका छन्। दलित महिलाहरुलाई विभिन्न सिपमूलक तालिम लगायतका अन्य घरेलु तथा रोजगारमूलक तालिमको व्यवस्थामा जोड दिनुपर्ने उनीहरूको भनाइ छ। अन्याय र पिडामा परेकाहरु बाहिर आएर बोल्न नसक्दा कतिपय दलित महिला आफैले गर्दा आफै पछाडी परेको पाईएको दलित महिला संघ सचिव कोपिला संकरले बताइन् । उनले दलित महिलाहरु धेरै जसो पुरुषको मुख ताक्ने भएको बताउँदै त्यसो नभई अब आगामी दिनमा विभिन्न सिपमुलत तालिम र उद्यमसीतलासँग जोडेर आफै अगाडि बढ्नु पर्ने जोड दिइन्।
यस्तै संघकी अध्यक्ष लक्ष्मी परियारले दलित महिलाहरु नबोलेर अधिकार प्राप्तिका लागि पछि परेको र संबिधानमा के–के ब्यवस्था छ त्यो सबैले थाहा पाउनु पर्ने बताइन् ।उनले भनिन् आफूले पाउने अधिकार के के छन, शसक्त ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिइन्। दलितका मुद्दा उठे पनि निर्णय सँग आउन नदिने तलै ढिसमिस बनाउने गरेको सहभागिहरुले बताएका थिए । दलित महिला समाजमा आवज बिहिन भएर बसेका हुँदा केही समस्या पर्दा खुलेर भन्न नसक्ने उनिहरुले बताए । गरिब र धनिको आवज नहुने बताउदै महिला हरुलाई उद्यमसीतलासँग जोड्नका लागि दलितलाई गैरदलितको पनि साथ सहयोग रहनु पर्ने उनिहरुले अपेक्षा राखेका थिए ।
दलित महिलाको मुद्दा उठान गर्ने उदेश्यले संस्था स्थापना गरिएको हुनाले सामुदाय देखि लिएर अन्य गतिविधिमा पछि पर्दै गएको समेत बताए । अबका दिनमा दलित महिलालाई पनि युवा नेतृत्व आवस्यक रहेकाले अब नढकमकाई नडराई अगाडी बढ्नु दिन आएको बताए । बलात्कारको सिकार बढ्दो रहेको बताउदै नबोलेर त्यस्ता घटना गुपचुप भएका कारण अन्यायमा पर्दै गएको संघकी अध्यक्ष परियारले बताइन् ।












