४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

Radio Khabar Palika

सहिद सप्ताहको अवसरमा धनकुटामा विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर )



माघ १६,धनकुटा — सहिदहरूको अमूल्य बलिदानको स्मरण गर्दै धनकुटामा शुक्रबार सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। सहिद सप्ताह अन्तर्गत प्रभातफेरी तथा सभामार्फत सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

धनकुटा नगरपालिका–६ स्थित सहिद भीमनारायण श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै प्रभातफेरी सुरु गरिएको थियो। प्रभातफेरीले बजारका विभिन्न भागको परिक्रमा गर्दै बसपार्कस्थित सहिदस्तम्भमा पुगेर सभामा परिणत भएको थियो।

सभामा सहिदहरूप्रति पुष्पाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरियो। वक्ताहरूले सहिदहरूको त्यागकै कारण आज लोकतान्त्रिक अभ्यास सम्भव भएको उल्लेख गर्दै सहिदले देखेको राष्ट्र निर्माणको सपना पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका थिए।

सहिद दिवस मूल समारोह सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्ययन केन्द्र तथा हुसाडेक नेपाल धनकुटाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।