
पुस २, धनकुटा । चिसो बढ्दै गएसँगै रोटरी क्लब अफ पशुपति, काठमाडौँले धनकुटा नगरपालिका वडा नं। १० स्थित श्री आधारभूत विद्यालय उत्तरपानीका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको छ।
विद्यालयको ५८औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा करिब एक लाख रुपैयाँ बराबरका ७० थान ट्र्याक सुट वितरण गरिएको हो। रोटरी क्लबको तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर कार्कीलाई ट्र्याक सुट हस्तान्तरण गर्नुभएको थियो।यसै अवसरमा विद्यालयले सहयोगदाता तथा विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा विद्यालयका पूर्व प्रधानाध्यापक कमला दाहाल, शिक्षक भानुभक्त राई, सहयोगदाता राजेश्वर बहादुर श्रेष्ठ, शिक्षक हिमाल दाहाल, गुराँसे टी स्टेट प्रालि, रोटरी क्लब अफ पशुपति काठमाडौँलगायत स्रोत कक्षामा सहयोग पुर्याउने तीन दर्जनभन्दा बढी व्यक्ति तथा संस्थाहरू रहेका छन्।विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीका अनुसार वार्षिक उत्सवकै अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्ति समेत प्रदान गरिएको छ।वि।सं। २०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल स्रोत कक्षा सहित कक्षा ८ सम्म ९६ जना विद्यार्थी अध्ययनरत रहेका छन्।





