२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

Radio Khabar Palika

अन्तरपालिका स्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबल खेल आजदेखि शुुरु



नरेन्द्र कश्चित

मंसिर २४ धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगिता आजदेखि शुुरु भएको छ ।

किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसर पारेर ूमौलिक कला,संस्कार र संस्कृतिको जगेर्ना गरौ,सृजनशीलता,अग्रसरता र चौतर्फी विकासमा युवा लागि परौू भन्ने मुल नाराका साथ दोस्रो खाल्साथुम कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता खाल्साथुम छिन्ताङ्ग युवा क्लबको आयोजनामा शुुरु भएको हो । आज भएको प्रथम चरणको खेलमा महालक्ष्मी नगरपालिका धनकुटा र खाल्साथुम युवा क्लब सहिदभूमि(२ ९निलो० धनकुटा बीच भएको खेलमा महालक्ष्मी नगरपालिका बिजयी भएको छ ।महालक्ष्मी नगरपालिका धनकुटाले खाल्साथुम छिन्ताङ्ग युवा क्लब सहिदभूमि(२ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१९, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१७ ले महालक्ष्मी नगरपालिका विजयी भएको हो ।भलिबल खेल उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज राईद्वारा खेलाडीहरुलाई बल प्रदान गरेर उद्घाटन गरेपछि आजको खेल शुुरु भएको थियो भने उद्घाटन समारोहमा स्वागत मन्तब्य क्लबका संस्थापक अध्यक्ष वसन्त राईले गरेका थिए ।कार्यक्रममा सहिदभूमि(२ का वडा अध्यक्ष खगेन्द्र राई, वडा सदस्य सोम बहादुर राना, नेपाली कांग्रेस पार्टीका पालिका सभापति टंक राई लगायतकाको उपस्थिति रहेको थियो ।सहिदभूमि(२ को ढोलमुखा टोलमा संचालन भइरहेको भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र र उप(विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्साथुुम छिन्ताङ्ग युवा क्लबले जनाएको छ ।साथै खेलको विभिन्न विधामा नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने क्लबका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक अनिश राईले बताए ।