
धनकुटा, २६ कार्तिक — नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका–६ का सिर्जनशील टोलका कांग्रेस अभिभावक स्वर्गीय डुगखुरी राईको पाँचौँ पुण्य स्मृतिका अवसरमा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
स्व। राई धनकुटा–६ का निर्वाचित वडा सदस्य तथा नेपाली कांग्रेस वडा नं। ६ की सदस्य मनकुमारी राईकी सासुआमा हुन्। हालै निधन भएका स्व। राईका परिवारमा छोरा हर्कबहादुर राई, बुहारी मनकुमारी राई, छोरीहरु रुच्चीमाया, बाकलमाया, कालुमाया, भुन्टीमाया र कृष्णमाया राई तथा नातिनातिनीहरु रहेका छन्।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, युवा नेता नरेश श्रेष्ठ, जिल्ला सदस्य हिरा राई, वडा अध्यक्ष मिलन खड्गी, दलित संघ अध्यक्ष नारायण विक, किसान संघ सचिव गोकुल लुईटेल, नगर सदस्य वेनु बस्नेत, देवेन्द्र राई, बिरबहादुर राई, कार्यपालिका सदस्य रेजिना हिगमाग, भोगेन्द्र राई, वडा सदस्य पुरुषोत्तम अर्याल, उपसभापति अनिता लुईटेल, वडा नं। ८ का सचिव मानुभक्त राई, तरुण दल नगर अध्यक्ष महेन्द्र राईलगायतको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले स्व। राईको स्मृतिमा परिवारजनलाई समवेदना व्यक्त गर्दै समवेदना पत्र प्रदान गरे। साथै धनकुटा नगरपालिका वडा नं। ६ कार्यालयका अध्यक्ष मिलन खड्गी, कार्यपालिका सदस्य रेजिना हिगमाग, सदस्य पुरुषोत्तम अर्याल र सचिव कुमार खडकाले पनि श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए।






