
२० कातिक धनकुटा । धनकुटामा पाँच दिनसम्म “वाडाङ्मेट तथा कोप्चे सम्पदा पुनर्जागरण अभियान–२०८२ आयोजना हुने भएको छ । Australian Aid, ICIMOD, नेपाल पर्यटन बोर्ड,Smart paani,CHN,HUSADEC,Digo Bikas institute,आठपहरीया समाज , कोप्चे पुनजारण लगायतका संस्थाहरूको सहकार्यमा अभियान सुरु भएको हो । कार्तिक २४ गतेसम्म सञ्चालन हुने अभियानले धनकुटाको सांस्कृतिक, प्राकृतिक तथा सामुदायिक सम्पदाको पुनर्जागरण र जलवायु अनुकूल पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने आयोजकले जनाएको छ । पाँच दिनसम्म चल्ने कार्यक्रममा स्थानीय संस्कृति, कला, संगीत, खाद्य प्रणाली र सामुदायिक एकताको प्रदर्शन हुने धनकुटा नगरपालिकाका प्रमुख तिन्तन तामाङले जानकारी दिए । उनले सम्पदा पुनस्थापना, स्वच्छ पानी प्रवद्र्धन, जलवायु–समावेशी पर्यटन, र सह–अस्तित्वका क्षेत्रमा सहयोगी संस्थाहरूको भुमिका हुने बताए । यो अभियानले नगरको गौरव, संस्कृति र पर्यटन विकासमा नयाँ ऊर्जा र सम्पदा संरक्षण, स्वच्छ वातावरण र दिगो पर्यटन प्रवद्र्धन हुने हुदा सबैको सहभागिताका लागि प्रमुख तामाङले आग्रह गरे।





