१८ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025

Radio Khabar Palika

निष्काशनमा परेका कर्मचारीले गरे छथर जोरपाटी गाउँपालिकामा तालाबन्दि



१७ कार्तिक, धनकुटा । पुर्नरबहालीको माग राख्दै निष्काशनमा परेका शिक्षक र कर्मचारीले धनकुटाको छथरजोरपाटी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दि गरेका छन् ।
छथर जोरपाटी गाउँपालिकाले गत असोज २१ गते सार्बजनिक सूचना जारी गरि स्वीकृत दरबन्दि बाहेकका पदमा नियूक्ति पाएका स्वास्थ्यकर्मी, शिक्षक र अन्य कर्मचारीको करार संझौता रद्ध गरिएको जनाएको थियो । निष्काशनमा परेका तिनै कर्मचारीले आइतबार कार्यालय समय सकिने बेलामा आफ्नो र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेको कार्यकक्षमा तालाबन्दि गरेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो । लिम्बुले संघीय सरकारको निर्देशन अनुसार स्वीकृत दरबन्दि भन्दा बाहिरका कर्मचारीलाई बिदा गरिएको बताउँनु भयो । बिदा गरिएका शिक्षक, कर्मचारीले आफ्नो र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दिका बारेमा जिल्ला प्रशासन कार्यालय र प्रहरी उपरिक्षक शरतकुमार थापा क्षेत्रीलाई जानकारी गराएको उहाले बताउँनु भयो । ‘म मिटिङमा बाहिर भएका बेला हिजो साढे चारबजे तिर ताला लगाएछन् ।’ गाउँपालिका अध्यक्षले आफ्ना मान्छे राख्न आफूहरुलाई जागिरबाट बर्खास्त गरेको सामुहिक पुनर्रबहाली गर्नुपर्ने माग निश्काशनमा परेका कर्मचारीको छ । निष्काशित कर्मचारीहरुको नेतृत्व गरिरहेका दुर्गा लिम्बुले कर्मचारी निकालिएको सार्वजनिक सूचना गरेर गाउँपालिका अध्यक्षले आफू निकटका व्यक्तिलाई पुनः नियूक्ति दिन सुरु गरिए पछि आन्दोलनमा उत्रनु परेको बताउँनु भयो । आन्दोलककारीले १०÷१५ बर्ष पुराना कर्मचारीलाई पनि अपमानजनक तरिकाले बर्खास्त गरिएकाले आफूहरु सम्मान र सुबिधा जनक बहिर्गमनको पक्षमा रहेको बताएका छन् । वार्ताद्धारा आफ्ना माग सम्बोधन नभए ताला नखोल्ने उनिहरुको भनाई छ ।