२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

Radio Khabar Palika

धनकुटामा बस दुर्घटना, एक जना घाइते



१४ कार्तिक,धनकुटा । धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोसी लोक मार्गमा आज बिहान दमकबाट दिक्तेलतर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा एक जना घाइते भएकी छन्। प्रहरीका अनुसार प्र।१–०२–००१ ख ९५१९ नम्बरको बसको हावाको पाइप अचानक पड्किँदा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मोरङ, लेटाङ नगरपालिका–३ की ५५ बर्सिया मिना गुरुङ ढाडमा चोट लागी सामान्य घाइते भएकी छन्। उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बसमा रहेका अन्य २६ जना यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।