२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

Radio Khabar Palika

अविरल वर्षाका कारण सडक अवरुद्ध, सवारी आवागमन ठप्प



१४ असोज –धनकुटा । अविरल वर्षाका कारण धनकुटाको भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाफुङ क्षेत्र पहिरोले अवरुद्ध बनेको छ। पहिरो खसिपछि सडक दुबै तर्फबाट सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। सडकमा ठूलो मात्रामा पहिरो खस्दा यात्रु र सवारी साधन दुबै तर्फ अड्किएका छन्। लगातारको वर्षाले पहिरो पन्छाउने काम गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ।साँघुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउने काम सम्भव छैन। उनले जोखिमपूर्ण अवस्थाका कारण केही समयका लागि यात्रामा नजान सर्वसाधारणलाई आग्रह गरेका छन्। वर्षा रोकिएपछि मात्रै सडक खुलाउने तथा पहिरो पन्छाउने काम सुरु गरिने अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।