११ कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025

Radio Khabar Palika

धनकुटामा कांग्रेसद्वारा श्रद्धाञ्जली कार्यक्रम



१० कार्तिक,धनकुटा । समाजसेवी तथा अग्रज स्वर्गीय छत्र कुमारी मानन्धरको १२औं पुण्यदिनका अवसरमा नेपाली कांग्रेसले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संविधानसभा सदस्य एवं कांग्रेस नेतृ लिला सुब्बा, नेता आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, तरुण दलका केन्द्रीय सदस्य तिलकबहादुर महतलगायत नेताहरुले स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना व्यक्त गरे।कार्यक्रमको संयोजन धनकुटा नगरपालिका–७ का वडा सभापति शैलेसमान श्रेष्ठले गरेका थिए। नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमिति, प्रदेश सभा क्षेत्रीय समिति, नगर समिति र वडा समिति लगायतका तर्फबाट स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै समवेदना पत्र प्रदान गरिएको थियो।धनकुटाको पुरानो र परिचित पचिय होटलका संस्थापक परिवारकी सदस्य स्वर्गीय छत्र कुमारी मानन्धरका श्रीमान समाजसेवी नारायण बहादुर मानन्धर र छोराछोरीहरू नेपाली कांग्रेस तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। जिल्ला सचिव राईका अनुसार स्वर्गीय मानन्धरको निधनले कांग्रेस परिवारलाई गहिरो दुःख पुगेको छ।