१ श्रावण २०८२, बुधबार | Thu Jul 17 2025

Radio Khabar Palika

करदाता सेवा कार्यालयद्वारा करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



४ असार, धनकुटा । करसम्बन्धी प्रचलित नियम, कानुन तथा करदाताले बुझ्नुपर्ने महत्वपूर्ण विषयहरूमा जानकारी गराउदै करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
आन्तरीक राजश्व विभाग काठमाण्डौ र करदाता सेवा कार्यालय धनकुटाको आयोजना तथा धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर तिर्ने प्रक्रिया, कर विवरण दाखिला, समयमै कर भुक्तानी, अनलाइन प्रणालीको प्रयोग,अन्तशुल्क लगायतका विषयमा आन्तरीक राजश्व विभागका कर्मचारीहरुले जानकारी गराएका थिए । कार्यक्रममा करदाताहरुले कर प्रशासनसँग जोडिएका विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले कर सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन सुझाव समेत दिएका थिए । करदाताहरुले सेवा प्रक्रियामा पारदर्शिता, सहजता र आधुनिक प्रविधिको प्रयोग बढाउन तथा कर व्यवसायी मैत्री हुनुपर्नेमा जोड दिएको आन्तरीक राजश्व विभागका कर अधिकृत श्याम आर्चायले जानकारी दिए । आन्तरीक राजश्व विभाग प्रतिनिधिहरुले करदाताहरुको सुझाबलाई गम्भीरतापूर्वक लिइने र आगामी दिनमा कर प्रशासनलाई अझ जनमैत्री बनाउन पहल गरिने बताएको करदाता सेवा कार्यालयले धनकुटाका प्रमुख सुर्दशन अधिकारीले जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ६० जना भन्दा बढि करदाताहरुको सहभागिता रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।