२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

Radio Khabar Palika

सहिदभूमिमा जारी तेस्रो वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न



२४ जेठ धनकुटा। सहिदभूमि गाउँपालिकामा आयोजित तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबार एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। प्रतियोगिताको दुबै उपाधि वडा नं २ ले हात पारेको छ ।

पुरुषतर्फ फाइनल खेल वडा नं.१ र वडा नं. २ बीच वेस्ट अफ फाइभमा भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं २ ले ३–२ को सेटमा वडा नं. १ लाई पराजित गर्दै उपाधि हात पारेको हो। यस्तै, महिलातर्फको फाइनलमा वडा नं .२ र अनिवार्य निशुल्क मावि सहिदभूमिबीच भएको खेलमा पनि वडा नं। २ ले ३–२ को सेटमा जित दर्ता गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। विजेता दुबै समूहले नगद रु ५५,५५५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। दोस्रो स्थान प्राप्त गर्ने टोलीहरू अनिवार्य निशुल्क मावि ९महिला० र वडा नं। १ ९ख० ९पुरुष० ले नगद रु ३५,३५५, कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।तेस्रो स्थानका लागि पुरुषतर्फ वडा नं। ६ ९ख० ले वडा नं। ५ लाई २–० को सेटमा पराजित गर्दै नगद रु २०,०००, कप, मेडल र प्रमाणपत्र जितेको छ। महिलातर्फ वडा नं। १ ले वडा नं। ५ लाई २–१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगिताको महिला तर्फ वेस्ट ईस्पाइकर नेहा चौधरी ,पुरुष तर्फ राजकुमार तामाङ , वेस्ट लिविरो योगेश राई , पुरुष वेस्ट सरभर मनिस गौत्तम , महिला वेस्ट सेटर कबिता राई , पुरुष दिपेश राई , वेस्ट प्लेएर महिला आरुसि तामाङ , पुरुष राजकुमार तामाङ , राईजिङ प्लेएर वडा नं ५ का रिया राई घोषित भएकाछन् । उनिहरुले नगद १र१ हजार सहित कप ,मेडल प्रमाणपत्र पुरस्कार पाएकाछन् । खेल समापन सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

खेलका पुरस्कार सहिदभूमि गाउँ पालिका अध्यक्ष मनोज राई , प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर भण्डारी , वडा अध्यक्ष , कार्यपालिका सदस्य , विभिन्न शाखा प्रमुख कर्मचारीहरुले प्रदान गर्नु भएको थियोे । कार्यक्रममा सहिदभूमि गाउँपालिकाको विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि , समाजसेवी वुद्विजिव , शिक्षक खेलप्रेमिहरु उपस्थिति थियोे ।