
देब याखा
बैसाख १८,चौबिसे । चौबिसे गाउँपालिका धनकुटाको न्यायीक समितिले गएको १० महिनामा १० वटा मुद्धा फैसला गरेको छ ।
आर्थिक बर्ष २०८१र०८२ को साउनबाट चैत मसान्त सम्ममा उजुरी परेका १२ वटा मुद्धा मध्ये १० वटा फैसला भएको पालिका उपाध्यक्ष तथा न्ययी समितिका संयोजक टंकमायाँ पाङ्मी मगरले जानकारी दिए ।
न्यायीक समितिले आफ्नो कार्यक्षेत्र भित्र पर्ने मुद्धाहरु दुबै पक्षको जीत हुने तरिकाले मिलापत्र गराईको र बाँकी भएका पनि चाडै कार्यान्वयन गर्ने जानकारी दिए।
मगरका अनुसार न्यायी समितिमा घरायसी झगडा,साँध सिमाना, पशू लापरबाहि र लेनदेन लगाएतका मुद्धाहरु फैसला गरिऐको कुरा मगरले जानकारि दिए।
उजुरि प्रशासक सुरेन हाङ्गाम लिम्बूका अनुसार गत बर्ष न्यायी समितिमा ३८ वटा मुद्धा परेको थियो । जसमा २५ वटा फैसला भएको जानकारी दिए।
(प्रशिक्षार्थी पत्रकार)