१९ पुस २०८२, शनिबार | Sun Jan 4 2026

Radio Khabar Palika

स्वरोजगार कार्यक्रमले बस सेवा सञ्चालन



विनोद भण्डारी

१७ बैशाख ,चौबिसे । घुम्ती र अफ्ट्यारा चारवटा खण्डमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ढुङ्गा बिच्छ्याउने कार्य सप्पन्न भए पछि चौबिसे गाउँपालिका वडा नं. ४ को सुरुङ्गी मानेडाँडा टोलमा पहिलो पटक बस सेवा सुरु भएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चालू आ.ब.२०८०र०८१ मा करिव ३२० मिटर लम्बाई बाटोमा ढुङ्गा बिच्छ्याउने काम सम्पन्न पछि बस सेवा सम्भव भएको हो । स्वरोजगार कार्यक्रम अन्तर्गत वडाका १६ युवाले करिव ५० दिन रोजगार र मेहनेतबाट गाउँमा बस आए पछि बस स्थानीय हर्षित छ्न ।
गाउँमा उत्पादित सामान बजार लैजान तथा बस चढ्नका लागि एक डेढ घण्टा हिड्नु पर्ने बाध्यताबाट मुक्त भएको स्थानिय फुल बहादुर मगरले खुशी ब्यक्त गरे । वडाध्यक्ष लोकेन्द्र मगर बाह्रै महिना बस संचालन गर्ने गरि काम सुरु भएको जानकारी दिए। वडामा आउने सानो बजेटले जनताले अनुभुती गर्ने किसिमको काम गर्नु निक्कै चुनौतीपूर्ण रहेकोले त्यसका लागि सवैको सहयोग चाहिने मगरले बताए ।
(प्रशिक्षार्थी पत्राकार)