
शैलेन्द्र तामाङ
बैशाख ८ चौबिसे । धनकुटाको चौबिसे गाउँपालिका स्थित कुरुले तेनुपामा रहेको ऐतिहाँसिक कुरुले गढी संरक्षण नहुँदा गुमनाम बनेको छ ।
साबिक कुरुले तेनुपा गाबिस हाल वडा नं .३ कुरुलेको गढी गाउँको नाम यसै गढीको नामबाट नामाकरण भएपनि यस गढीको भने गुमनाम बनेको छ ।त्यहि गढीको नामले बसेको बाक्लो गढी गाउँ र पहाडको थुम्को बाहेक अहिले त्यहाँ गढी भनिएको स्थान,स्थानीयहरुको मौखिक भनाई बाहेक अरु निशान भेटिदैन ।स्थानीय भक्त कुमार सुब्बाका अनुसार यस गढी नेपालबाट लोप भएको नागा जातिहरुको गढ भएको स्थान हो ।परापूर्व कालमा यस स्थानमा लिम्बूहरुको संयक थर र नागाहरु बीच कयौ दिन लडाई भएको थियो ।उक्त लडाईमा दुबै तर्फ कुनै हारजित नभई नागाहरु क्रमिक रुपमा हराउँदै युद्ध टुँगिएको थियो ।पछि ती नागाहरुले आफ्ना हतिया्हरु हेर्ने कुरुवा राखेर आफ्नो जन्मभूमी फर्किएको र बेला बेलामा आउने जाने गर्दथे ।यहि गढी को कामबाटै सो ठाउँको नाम कुरुवा हुँदै कुरुले भएको सुब्बाले जानकारी दिए ।
तर समय क्रम संगै ती नागाहरु त्यहाँ नफर्किएकोले उक्त स्थानमा रहेको पुरातात्विक बस्तुहरु त्यहाँबाट चोरी भएको उनले जानकारी दिए ।सुब्बाका अनुसार करिव एक सय बर्ष ताका यहाँ आफूले बिभिन्न पुराना हातहतियार देखेको तर ७०÷८० वर्षतिर हराएको जानकारी दिए ।गढी भएको मुख्य ठाउँमा अहिले कुरुले तेनुपा मा।बि।विद्यालय भवन रहेको छ ।आर्थिक अभाव तथा बजेट नहुँदा गढी संरक्षणको काम हुन नसकेको वडा अध्यक्ष मदन संयक लिम्बूले जानकारी दिए ।पालिकाले चालू आब २०८०/०८१ मा ६ लाख रकम छुट्याएको र अब स्थानीय बिज्ञहरु संगको छलफल तथा परामर्श गरेर तत्काल गढी संरक्षणको काम शुरु गर्ने अध्यक्ष तुम्साले जानकारी दिए।यस गडिको राम्रो संरक्षण हुन सके पर्यटनको उत्कृष्ट गन्तव्य हुने स्थानीय दिपेन्द्र देवानले जानकारी दिनुभयो ।देवानले यो गडि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा मसिएको भन्ने किम्मदन्ती पनि रहेको जानकारि दिए ।ईतिहास बोकेको यस गढी विद्यालय बनाउने क्रमम भत्किएको स्थानीयहरुले जानकारी दिएको र पालिकाले चाँडै गढी संरक्षणको काम शुरु गर्ने पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए।यस स्थानलाई जिवित राखिराख्न कुरुले गढिलाई चौविसेको ऐतिहासिक पुस्तक भन्ने दस्तावेजमा पनि समावेस गरिएको लिम्बूले जानकारी दिए ।
प्रशिक्षार्थी पत्रकार