
२२ चैत्र ,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले नगरका विभिन्न वडाका कृषि र्फम तथा कृषकहरुलाई हाते ट्याक्टर, माहुरीको घार र फलफुल टिप्न उपयोग गरिने सामाग्रि वितरण गरेको छ ।
नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरि कृषि फम तथा कृषकहरुलाई ८५ प्रतिशत अनुदानमा ८ वटा हाते ट्याक्टर वितरण गरेको हो । हाते ट्याक्टर पाउने फमहरुमा लक्ष्मी कश्यप कृषि तथा पशु पालन फम पाख्रीवास २, प्रकाश कृषि तथा पशुपंक्षि फम पाख्रीवास ३, हिमाली व्यवसायिक कृषक समूह पाख्रीवास ४ सुयोग कृषि तथा पशुपंक्षि फम पाख्रीवास ६,थाक्ले देउराली कृषि सहकारी संस्था लि.पाख्रीवास ७, जलकञ्या कृषक समूह पाख्रीवास ८, लिसुम्बु कृषि सहकारी संस्था लि. पाख्रीवास ९ र नमूना बहुउद्दश्यीय कृषक समूह पाख्रीवास १० रहेका छन् ।

त्यस्तै नगरका १ सय भन्दा बढी कृषकहरुलाई माहुरीको घार वितरण गरिएको छ भने आँप टिप्नका लागि उपयोग गरिने सामाग्री पनि किसानहरुलाई वितरण गरिएको पालिकाको कृषि शाखाले जनाएको छ । ती सामाग्रीहरु नगरप्रमुख ज्ञान बहादुर गुरुङ, उपप्रमुख नम्रता गौतम, ३ नं वडाध्ययक्ष तथा आर्थिक विकाश शाखा संयोजक सरोज राई, ४ नं वडाध्यक्ष सन्तोष मानन्धर लगायतले संयुक्त रुपमा किसानहरुलाई हस्तान्तरण गरेको कृषिशाखा प्रमुख ईन्द्रमाया तामाङले जानकारी दिईन । आर्थिक वर्ष २०८१।८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ती सामाग्रिहरु वितरण गरिसकेपछि त्यसलाई कसरी चलाउने भन्नेवारे प्रशिक्षण पनि दिईएको छ ।हाते ट्याक्टर पाउने मध्येका प्रकाश कृषि तथा पशुपंक्षी फमका सञ्चालक सुरज लिम्बुले नगरबाट किसाहरुलाइ सहयोग प्राप्त भईरहेको बताउनु भयो ।
