१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

डढेलो नियन्त्रण गर्न सचेतना कार्यक्रम



विनोद भण्डारी (प्रशिक्षार्थी पत्रकार)

१७ चैत्र, चौबिसे धनकुटा । चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटारमा समुदाय (प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। लामो खडेरीका कारण जताततै वन डढेलो लाग्न थाले पछि प्रहरीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अस्थायी प्रहरी बिट इन्चार्ज विनोद राजवंशीले वन क्षेत्रमा हिड्दा चुरोट खाएर जथाभावी ठुटा नफाल्ने, पिकनिक तथा अन्य प्रयोजनका लागि आगो बाले पछि राम्रोसँग निभाउने गरेमा आगलागीका घटना कम गर्न सकिने बताए। उनले कसैले अटेर गरि बन क्षेत्रमा आगलागी गराएमा बन ऐन अनुसार कारवाही हुने जानकारी दिए । कार्यक्रममा देउराली सामुदायिक वनका अध्यक्ष अकिल न्यौपानेले लामो खडेरी र सुख्खा मौसमका कारण आगलागी नियन्त्रणका लागि काम गर्दागर्दै पनि छिट्पुट रुपमा वनडढेलो का घटना घट्ने गरेको बताए।वडाका सबै सामुदायिक वन क्षेत्रसंग जोडिएका टोलहरुमा डढेलो सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिने भन्दै वडाध्यक्ष लोकेन्द्र मगरले सबै मिलेर अगाडि बढेमा बन क्षेत्रलाई डढेलो बाट जोगाउन सकिने बताए । कार्यक्रममा देउराली सामुदायिक बनका अध्यक्ष अकिल न्यौपाने,वडाध्यक्ष लोकेन्द्र मगर फलामेटार अस्थाई प्रहरी बिटका इन्चार्ज विनोद राजवंशी लगायत स्थानीय बुद्दिजिवी तथा सर्वसाधारणको उपस्थिति थियो।केही दिन पहिले देउराली सामुदायिक बनमा लागेको आगो अनियन्त्रित हुदा वडाका राम बहादुर तामाङ घर गोठ तथा हिरेन्द्र निरौलाको घरमा आगलागी भएको थियो।