१७ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

Radio Khabar Palika

विश्रान्ति मन्दिरको १७ औं साधारण सभा तथा शिव महापुराण संस्थागत सम्मान कार्यक्रम सम्पन्न



९ चैत्र,धनकुटा । धनकुटाको प्रसिद्ध धार्मिक स्थल विश्रान्ति मन्दिरमा १७ औं साधारण सभा तथा शिव महापुराण संस्थागत सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा शिव महापुराण आयोजनामा सहयोग पु¥याउने विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । मन्दिर व्यवस्थान समितिका अध्यक्ष शारधाप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवकुमारी पोखरेल,विषिष्ठ अतिथि आर्चाय पण्डित दिपक पराजुली, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल,नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवास लगायतले धार्मिक तथा सामाजिक कार्यमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा शिव महापुराण आयोजनामा उल्लेखनीय सहयोग पु¥याउने संघ–संस्था, धार्मिक संघ, तथा समाजसेवीहरूलाई मन्दिर व्यवस्थापन समितिद्वारा प्रशंसापत्र तथा सम्मान गरीएको छ ।

विश्रान्ति मन्दिर व्यवस्थापन समितिले १७ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शी ढंगले आय–व्ययको विवरण सार्वजनिक गर्यो। साधारण सभामा मन्दिरका भावी योजनाहरू, विकास निर्माण कार्यक्रम, तथा धार्मिक गतिविधिहरूको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले विश्रान्ति मन्दिरले गर्दै आएका धार्मिक तथा सामाजिक कार्यहरूको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताए । विश्रान्ति मन्दिर व्यवस्थापन समितिले आगामी दिनहरूमा धार्मिक, सांस्कृतिक, तथा सामाजिक गतिविधिहरूलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक योजना तथा संरचना विस्तारमा ध्यान दिने बताइएको छ । कार्यक्रममा स्थानीय भक्तजन, विभिन्न धार्मिक संघसंस्था, समाजसेवीहरू, तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित सबैले मन्दिरको समग्र विकास र धार्मिक गतिविधिहरूको प्रवद्र्धनमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन्। यसले धार्मिक तथा सामाजिक सहकार्यको महत्वलाई उजागर गरेको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्धन घिमिरेले जानकारी दिए । उनले आगामी दिनहरूमा अझ प्रभावकारी धार्मिक तथा सामाजिक कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए ।