१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

सरकारको अलोकप्रिय कामकै कारण राजावादीहरुको सक्रियता बढ्यो ः उपाध्यक्ष श्रेष्ठ



३ चैत ,धनकुटा । अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादीहरुले सक्रियता बढाउने मौका पाएको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन । नेकपा माओवादी केन्द्र धनकुटा नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्धाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यवस्था विरोधी शक्तिहरुका विरुद्ध प्रस्तुत हुन लोकतन्त्रवादी दलहरुसँग छलफल गरिरहेको बताए। राजवादीहरुको सक्रियता बढेसगै संविधान र लोकतन्त्रको अपहरण गर्ने प्रयास भइरहेकोले त्यसलाई सफल हुन नदिन सबै लाग्नुपर्ने श्रेष्ठको भनाई छ ।

माओवादी केन्द्रले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि सुचारु गरिने तथा १५ गते समाजवादी मोर्चाले लोकतन्त्रको रक्षार्थ काठमाण्डौमा सभा गर्न लागेको जानकारी दिए । सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउन र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई केन्द्र भागबाट अगाडि बढाउन केही दिनलाई हुलाकी राजमार्ग केन्द्रित कार्यक्रम हेरफेर गरेको जानकारी उनले जानकारी दिए । उनले अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए । उनले वर्तमान सरकार भ्रष्टचार गर्न र त्यसको संरक्षण गर्न बनेको धेरै कारणले पुष्टि भईसकेको दावी गरे ।
कार्यक्रमलाई माओवादी केन्द्रकी केन्द्रिय सदस्य धनमाया विक, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा माओवादी द्धन्द्धमा समयमा धनकुटा जनसरकार रहेका उदयबहादुर बस्नेत, जनयुद्धका सहिद परिवार, पार्टीमा आस्था राख्ने तथा निवृतीभरण भएका कर्मचारी तथा शिक्षकलाई सम्मान गरिएको थियो। नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ।