२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

Radio Khabar Palika

धनकुटाको पाख्रीवासमा अन्तर वडा स्तरिय मेयरकप फुटवल प्रतियोगिता शुरु



४ फागुन,धनकुटा। धनकुटाको पाख्रीवासमा अन्तर वडा स्तरिय मेयरकप फुटवल प्रतियोगिता आजदेखी शुरु भएको छ ।
पाख्रीवास नगरपािकाको आयोजनामा सञ्चालित प्रतियोगताको उद्घाटन खेलमा वडा नं ३ र ९ वीच भएको छ । यी दुई वडा वीचको खेलमा ० को विरुद्व २ गोल लगाउदै वडा नं ९ विजयी भएको छ । प्रतियोगिताको उद्घाटन मेयरकप खेल व्यवस्थापन समितीका संयोजक एवं ३ नं वडाध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रमको वीच पूर्व खानेपानीमन्त्री राजेन्द्र कुमार राईले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्रि राईले खेलको माध्यमबाट युवाहरुलाई एकीकृत गर्दै अघि बढ्नु पर्ने धारणा राख्नु भयो। कार्यक्रममा स्वागत मन्तव्य ४ नं वडाध्यक्ष सन्तोष मानन्धरले राख्नु भएको थियो । ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताका विजयी पहिलो हुने टिमले नगद १ लाख र दोश्रो हुने टिमले नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र पुरस्कार पाउने नगरले जनाएको छ ।