१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

सिंहेश्वरी आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव सम्पन्न



१५ पुस,चैनपुर, चैनपुर नगरपालिका–१० स्थित सिंहेश्वरी आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

वार्षिक उत्सव समारोहको प्रमुख आकर्षण अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता रहेको थियो। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी सन्तोष अधिकारी र खगेन्द्र पाण्डेले विद्यार्थीहरूलाई स्वीटर वितरण गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्णकुमार तामाङ रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समितिका उपप्रमुख बबिता अधिकारी तथा वडा नम्बर १० का वडा अध्यक्ष धनबहादुर तामाङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन योगदान दिने सम्पूर्ण सहयोगी दाताहरूलाई खादा तथा माला लगाएर सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त समारोहले विद्यालयको प्रगतिमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।