=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

Radio Khabar Palika

धनकुटामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत प्रभातफेरी सम्पन्न



धनकुटा, मंसिर १० । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको छ । धनकुटाका सरोकारवालाहरूको उपस्थितिमा प्रभातफेरीले नगरका विभिन्न स्थानहरूको परिक्रमा गरी मदनचोकमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवब प्रदेश सांसद निरन राईले लैङ्गिकहिंसा उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन। उनले महिलाहरूले भोग्नुपरेका हिंसाजन्य गतिविधिहरू रोक्न कानूनको प्रभावकारी कार्यान्वयन र चेतनाको स्तर वृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले महिलामाथि हुने हिंसा रोक्न समुदायस्तरबाटै पहल गर्नुपर्नेमा जोड दिए। धनकुटा नगरपालिकाका उपप्रमुख भीमा खनालले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताईन । कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, महिला समूह, युवा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। प्रभातफेरीले समाजमा लैङ्गिक हिंसाबारे चेतना फैलाउने उद्देश्यसहित धनकुटा बजारको विभिन्न स्थानको परिक्रमा गरेको थियो। लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विश्वव्यापी रुपमा मंसिर १० देखि २५ सम्म (नोबेम्बर २५ देखि डिसेम्बर १० )सम्म मनाइँदै आइएको छ । यस अभियानले लैङ्गिक हिंसाविरुद्धको सहकार्यलाई बलियो बनाउन र समाजलाई न्यायपूर्ण बनाउने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।