२५ फागुन,धनकुटा। कवि काङमाङ नरेश राईले धनकुटामा एकल कविता वाचन गरेका छन । मिसन पोएट्री धनकुटाले आइतबार आयोजना गरेको कार्यक्रममा आफूलाई युद्ध कविका रुपमा चिनाउँदै आएका राईले करिब डेढ दर्जन कविता वाचन गरे । भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका कवि राईले आफू बेलायती सैनिक छँदाका भोगाइ, लाहुरेका कथा व्यथा तथा मुन्धुम भावका कविता सुनाएका थिए ।…