९ फागुन, धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्रिमा प्रयोग भएका सानाठूला १५ भन्दा बढि सवारीसाधन नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका कार देखि आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग भएको पाइएको छ । धनकुटा प्रहरीले लागु औषध ब्राउनसुगर र गाँजा ओसारपसारमा संलग्न कारोबारीसँगै उनिहरुले प्रयोग गरेका सवारीसाधन नियन्त्रणमा लिएको हो ।…