
- लेखक : कवि तथा साहित्यकार , के.जी सुब्बा
कविता ( एक शब्द चित्र)
यदि तिम्रो मेरो
बेमेल मिश्रण बाट बन्ने
अचुक सम्बन्धले
एक बिषको निर्माण भएको भए
जसलाई तिमी अलि अलि सेवन गर्नु
दवाइ हुन्छ ।म यो सङ्लो पानीको बाटै बाटो
केही क्षण घुमेर आउछु
त्यतिन्जेल सम्ममा त शीतहरु पनि
झरीसक्छन् होला बाँसका पातहरु बाट
म किनारै किनार उड्ने चराहरु हेर्दै
केही बेर सिगरेट पिउछु
तिमी जल फूलको तस्बिर उतार्दै गर्नु ।पटैलामा सयर गर्दै तिमीले फूल टिप्छौ कि
फुलले तिमीलाई टिप्छ
प्रतिबिम्बमा तिमी उत्रिन्छौ कि
तिमीले प्रतिबिम्ब उतार्छौ
म एकै छिन् मन मनै गम्छु ।ओहो ! यहाँ त
समय होइन सम्वेग बग्दो रहेछ
ओहो !यहाँ त
निर्जीवलाई पनि जीवन आभास हुँदो रहेछ
ओहो! यहाँ त
प्रेम भुलिसकेको फकिरलाइ पनि
प्रेमी याद आउदो रहेछ ।एकै छिन् म यहीँ आराम गर्छु
तिमी तरङ्ग जस्तै
समयको छालमा उत्रिदै गर्नु ।तथास्तु







